४ फाल्गुन २०८१, आईतवार

चर्चित मोडलको अश्लिल भिडियो देखाएर ७ करोडको बार्गेनिङ गर्ने एउटा गिरोह पक्राउ

174

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ती मोडलको ल्यापटप बनाउनका लागि सिनामंगलस्थित सुरज र श्रवणको कम्प्यूटर मर्मत पसलमा पुगेको थियो । ‘ल्यापटप बनाउने वेला उनीहरुले त्यो अश्लिल भिडियो देखेका रहेछन्, त्यसमा चर्चित व्यक्ति देखेपछि उनीहरुले कपी गरेर राखेछन्’ कार्यालयका एक अधिकृत भन्छन्, ‘पछि बार्गेनिङ गर्नलाई अन्य विभिन्न व्यक्तिसँग पनि मिलेमतो गरेको देखिएको छ ।’

ती अधिकारीका अनुसार उनीहरुले त्यसका लागि पहिले चिनजान भएका काभ्रेका उमेशलाई पनि भिडियो देखाए । उनले आफूले मात्र केही गर्न नसक्ने भन्दै खनाल र थापासँग कुरा गरे । प्रहरीका अनुसार उनीहरु कुनै समय एउटै सञ्चारमाध्यममा काम गरेका व्यक्ति थिए । तर उनीहरुले बार्गेनिङ गर्न आँट गरेनन्, त्यसपछि यो विषय पहिलेसँगै काम गरेका २१ वर्षीय सुजनसँग सुनाए ।

सुजन यसअघि पनि प्रहरी समेतको मिलेमतोमा हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका व्यक्ति थिए । ‘पहिले पनि यस्तो गतिविधिमा संलग्न भएकाले उनलाई सजिलै पैसा हात पारिहालिन्छ भन्ने भयो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बार्गेनिङ सुरुमा ७ करोडको भयो, पीडित तीन करोड दिन पनि तयार भइसकेका रहेछन्, तर नमानेपछि प्रहरी कहाँ उजुरी आइपुगेको थियो ।’

त्यसपछि पैसा दिन भन्दै प्रहरी टोली सादा पोसाकमा उनीहरुले बोलाए ठाउँमा पुगेको थियो । त्यसक्रममा ७ जनाको गिरोह नै पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto