चरम मुल्यवृद्दिको विरोधमा समाजवादी विध्यार्थी युनियनको प्रदर्शन
तत्काल फिर्ता नलिए चरमबद्द आन्दोलन गर्ने चेतावनी
जेठ ११, दुहवी । पेट्रोलियम पदार्थ, ग्यास तथा इन्धनको मुल्य वृद्दिको विरोधमा सुनसरीको दुहवीमा प्रदर्शन गरिएको छ । जसपा निकट समाजवादी विध्यार्थी युनियनले बुधवार पेट्रोलियम पदार्थ, ग्यास तथा इन्धनको मुल्य वृद्दि तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मुल्य वृद्दि फिर्ता गर, नाफा घाटा जान्दैनौ, मुल्यवृद्दि जान्दैनौ, मुल्यवृद्दि सारो भो, हामीलाई जिउन गारो भो जस्ता नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । समाजवादी विध्यार्थी युनियन दुहवीका अध्यक्ष चन्दन बैठाको नेतृत्वमा भएको विरोध र्यालीले दुहवी बजार परिक्रमा गरेको थियो । अध्यक्ष बैठाले मुल्यवृद्दि तत्काल फिर्ता नलिए चरमबद्द प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।