२५ आश्विन २०८१, शुक्रबार

सुन्दरहरैचामा नयाँ मेयरको पहिलो निर्णय, वडाबाटै घरको नक्सा दिइने

317

जेठ ९, बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा वडाबाटै घरको नक्सा पास हुने व्यवस्था गर्ने निर्णय गरेका छन् ।
चुनावी अभियानमा जाँदा घर नक्सा बनाँउदा दुःख पाएको भन्ने गुनासो आएपछि वडा बाटै घर नक्साको काम गर्ने गरी निर्णय गरेको नगर प्रमुख गुँरागाईले बताए । ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिका बाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।
यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् । माध्यमिक विद्यलायहरुलाई संघ तथा प्रदेश सरकारले नमुना बनाउन सहयोग गर्ने गरेकाले नगरपालिकाले आधारभूत विद्यालयलाई नमुना बनाउने नीति लिएको उनले बताए । आधारभुत तहबाटै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक देखिएको समेत गुँरागाईले बताए ।

Leave A Reply

Your email address will not be published.