“हर्क साम्पाङ “एक आम नागरिक, जो बने धरान उप-महानगरपालिकाको मेयर
हर्क साम्पाङ
सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले सत्ता गठबन्धनलाई हराउदै मेयरमा विजयी भएका छन्।
हाते माइक्रोफोन बोकेर एक्लै धरानवासीको आवाज उठाउने हर्क साम्पाङ लौरो चुनाव चिन्हबाट २० हजार ८ सय २१ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भएका छन । उनले नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूलाई पराजित गरेका छन । लिम्बुले १७ हजार छ सय छ मत ल्याएका थिए।