बेलबारी ३ मा नेकपा एमाले र ९ मा नेपाली कांग्रेसको प्यानल विजयी
बेलबारी नगरपालिका वडा नं.३ मा नेकपा एमाले र वडा नं.९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
बेलबारी ३ मा नेकपा एमाले वडाध्यक्षका उम्मेदवार योगेन्द्र सुवेदी १ हजार ३ सय ९२ मतका साथ विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वीनेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रिक्त बहादुर गुरुङले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन ।खुल्ला महिला सदस्यमा बिमला तामाङ र दलित महिला सदस्यमा तारा परियार निर्वाचित भएका छन ।खुल्ला सदस्यमा भने चन्द्र बहादुर राई र भोगेन्द्र राई सहित पुरै प्यानल नै निर्वाचित भएका छन ।
त्यस्तै बेलबारी ९ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सालिग्राम बस्नेत २ हजार २ सय ४४ को लोकप्रिय मतका साथ निर्वाचित भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सत्य नारायण राजवंशीले १ हजार २१ मत प्राप्त गरेका छन ।खुल्ला महिला सदस्यमा सिता चौधरी र दलित महिला सदस्यमा भक्त माया विश्वकर्मा निर्वाचित भएका छन ।खुल्ला सदस्य तर्फ हर्क बहादुर धिमाल र नेत्र बहादुर राजवंशी सहित पुरै प्यानल नै निर्वाचित भएका छन ।