कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नाम निर्वाचित
फराकिलो मतान्तरले नेपाली काङ्ग्रेसका सञ्जय भट्टराई पराजित
मोरङ, जेठ ३ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा राजमती इङ्नाम निर्वाचित भएकी छिन् ।इङ्नामको जितसँगै एमाले विरासत जोगिएको छ। यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी इङ्नाम ८ हजार ९ सय ७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनले नेपाली काँग्रेसका सन्जय भट्टराईलाई ३ हजार १ सय २९ मतान्तरले पराजित गरेकी छिन् । भट्टराईले ५ हजार ८ सय ४६ मत प्राप्तगरे ।
उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ९ हजार ५ सय ७० मत प्राप्त गर्दा काँग्रेस उम्मेद्वारमनकुमारी गुरुङले ७ हजार ८ सय १८ मत पाएकी छन्।