मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा बवी कुमार राई र उपाध्यक्षमा दिनेश पौडेल निर्वाचित
जेठ २ / मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४३ वर्षीय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन्।
मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन्।
अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नै पराजीत भएका छन । एमालेका अध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल ४९१६ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन्। पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेद्वार विजयी भएका हुन्।
मिक्लाजुङ्गमा गाउँपालिकाको ९ वडामा काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २-२ वडा जितेको छ। मिक्लाजुङ्ग १ मा काँग्रेसका पर्वत राईले ९२१ मत, २ मा काँग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८९८ मत, ४ मा काँग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङ्गले ३८१ मत, ६ मा काँग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण हादुर कुँवरले ८०० मत र ९ मा काँग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन्