२८ आश्विन २०८१, सोमबार

मोरङमा १० पालिकाको मतगणना सुरु, उर्लाबारी र कानेपोखरीमा एमालेको अग्रता

87

बैशाख ३१, विराटनगर । मोरङको १० वटा पालिकाको मतगणना सुरु भएको छ । चारवटा नगरपालिका र छवटा गाउँपालिकाको मतगणना सुरु भएको हो ।
बेलबारी, उर्लाबारी, रङ्गेली र सुनवर्षी नगरपालिका तथा जहदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी र मिक्लाजुङ गाउँपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार उर्लाबारी नगरपालिका र कानोपोखरीमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
अन्य पालिकाको पनि प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ । एक सय मत गन्दा मेयरमा एमालेका गङ्गाप्रसाद खरेलले ३३, गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का मानबहादुर श्रेष्ठले २२ र नेपाली काङ्ग्रेसका खड्ग फागोले १८ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मीना पौडेलले ३३, काङ्ग्रेसकी सीता कार्कीले २० र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की शीला भट्टराईले १० मत प्राप्त गरेका छन् ।
कानेपोखरीमा आठ सय मत गन्दा एमालेबाट अध्यक्षकी उम्मेदवार राजमति इङ्नामले ३०१, काङ्ग्रेसका सञ्जय भट्टराईले १८४ र माओवादीका सूर्य धिमालले १२९ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ३१८, माओवादीकी तारा ओझाले २३८ र काङ्ग्रेसकी मनकुमारी गुरुङले २२८ मत ल्याएका छन् ।
यसैबीच विराटनगर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्णय भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले यो निर्णय लिएको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । गणनस्थलमा हुलहुज्जत नहुने गरी व्यवस्थापन गरिएको जानकारी उनले दिएका छन् ।

Leave A Reply

Your email address will not be published.