जसपा फिक्कलद्वारा भ्रामक समाचार फैलाउनेलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी
बैशाख २९, इलाम। इलामको सूर्योदय नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेको छ। जसपा नेपाल सुर्योदय नगर समिति फिक्कल इलामका अध्यक्ष सुरेन्द्र मोक्तानले प्रेस विज्ञप्ती जारी गर्दै भ्रामक हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ; ” बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्दै सहभागिता जनाई रहेकोमा केही राजनीतिक दलहरुले अस्वस्थ, भ्रामक र अतिरञ्जित हल्ला फिजाई हाम्रो गौरवशाली पार्टि जनता समाजवादी पार्टी नेपालका उम्मेदवारहरुले उम्मेदवारी फिर्तालिएर अन्य दलहरुलाई सहयोग गर्ने भनि मतदातामा भ्रम फिजाई रहेकोले प्रशासन, निर्वाचन अयोगको ध्यानाकर्षण गर्दै यस्ता आधारहीन गतिबिधी गर्नेलाई हदैसम्मको कारबाहीको जोडदार माग गर्दै मतदाताहरुलाई यस्ता भ्रामक समचारको पछि नलागि हाम्रो पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नु हुन अपिल गर्दछौ ।” स्थानिय तह निर्वाचन मा जसपा सुर्योदय नगर अन्तर्गतको वडा न ३ र ९ मा क्रमश छिन्जुला योल्मो र सोनाम योल्मोको उम्मेदवारी रहेको छ । यस अघि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा देशभरका विभिन्न स्थानमा आचारसंहिता विपरीत कार्य भएको पाईएको छ ।