२५ आश्विन २०८१, शुक्रबार

एक दिन मेरो लागि मतदान गर्नुहोस् , पाँच बर्ष जनताको सेवामा समर्पित हुनेछु: शिव ढकाल

86

सुन्दरहरैचा, बैशाख २७। सफल मेयरको रुपमा उनको चर्चा हुने गरे पनि उनी आफुलाई भने अझै सोचे जस्तो काम गर्न नसकेको भान हुन्छ। बरु उनी यो सफलता आंशिक मात्र रहेको दाबि गर्छन् , त्यसैले त उनी चुनावि मैदानमा फेरी उत्रिएका छन् । शिव प्रसाद ढकाल, सुन्दरहरैचा नगरपालिकाका निवर्तमान प्रमुख तथा पुन बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेद्वार । ढकालसंग पहिलो उडान डटकमले गरेको निर्वाचन विशेष कुराकानी :-

तपाई सुन्दरहरैचाको निवर्तमान प्रमुख यो पाँच बर्षमा के के गर्नु भयो ?
२०७४ सालामा मलाई सुन्दरहरैचाबासीले मेयरको रुपमा निर्वाचित गराउनु भयो । निर्वाचित भएर आईरहदा नगरपालिकाको संरचना नयाँ थियो । यो संरचनामा काम गर्न हामिलाई चुनौती पनि थियो । हामि अनुभव विहिन थियौ, कानुनको अभाव थियो, कर्मचारी साथीहरु एक खालको अभ्यासबाट अगाडि गैरहनु भएको थियो । यो सबै कुरालाई मिलाएर काम गर्नु चुनौतीपुर्ण थियो नै तर हामीले यो चुनौतीलाई अवसरका रुपमा लिएर मैले ५ बर्ष सम्म यो नगरपालिकालाई हाक्ने कोशिस गरे । विकास निर्माणका हिसावले, स्वास्थ्य शिक्षाका हिसावले, कृषि, पर्यटन लगायत सबै हिसावले म यो नगरपालिकालाई हाक्न केही हदसम्म सफल पनि भए । आज प्रदेश १ मा मात्र नभएर देशभरनै सुन्दरहरैचा नगरपालिका विकासको गतिमा अगाडि बढिरहेको विषयमा चर्चा पनि छ । मैले यो ५ बर्षमा गरेको कामको उपलब्धि यहि नै हो ।

फेरी चुनावि मैदानमा हुनुहुन्छ, सुन्दरहरैचाबासीले पुन: तपाईलाई नै किन जिताउने ?
मैले यो ५ बर्ष दलगत स्वार्थभन्दा माथी उठेर सर्वोपरी हितका लागि काम गरे, आशा छ यसमा सम्पुर्ण सुन्दरहरैचाबासी सन्तुष्ट हुनुहुन्छ । तथापि केहि कामहरु गर्न बाकि छ, प्राप्त गरेको, ज्ञान, सिप, कला र क्षमतालाई मैले फेरी ५ बर्ष नगरवासीको हितका लागि प्रयोग गर्नुपर्छ भन्ने मलाई लागेको छ र मेरो पार्टीलाई पनि लागेको छ । र मलाई आशा छ सम्पुर्ण नगरबासीहरुलाई पनि यो कुरा लागेको छ , किनभने काम गर्ने क्रममा मैले कुनै दललाई हेरिन, कुनै राजनीतिक आवरणको आधारमा मैले काम गरिन त्यसकारण पनि मलाई जनताको साथ र मत दुवै प्राप्त हुनेछ ।

फेरी निर्वाचित हुनुभयो भने अबको ५ बर्षका योजनाहरु के के छन् त ?
अघिल्लो बर्ष काम गर्ने कुरामा धेरै योजनाहरु अधुरा छन्, अपुरा छन् तीनलाई अगाडि बढाउनु छ । यसको लागि मसंग धेरै योजनाहरु छन् । जेष्ठ नागरिक चौतारी निर्माण गर्ने विषय, ७० बर्ष नाघेका बृद्धबृद्धालाई निशुल्क एम्बुलेन्स सेवा, नगर अस्पताल बनाएका छौ त्यसलाई व्यवस्थीत गरेर ५० बेडको बनाउने विषय लगायत धेरै योजनाहरु मसंग छन् । प्रस्तावित ईन्द्रपुर रंगशालालाई एक्स्पो सेन्टरको रुपमा, खेलकुद ग्राउण्डको रुपमा विकास गर्ने र ठुला ठुला सभा, सम्मेलन हुदा त्यो भुमिलाई उपयोग गर्ने भनेर १९ विघा ७ कठ्ठा लिएर अगाडि बढेका छौ । त्यसैगरी कृषकहरुको बजार सुनिश्चताको लागि बजार व्यवस्थापनका लागि बुधबारे बजारलाई आधुनिक कृषि बजार निर्माण गर्ने, कृषकका अन्न बालीलाई सुरक्षित राख्न कोल्ड स्टोर निर्माण गर्दैछौ । धार्मिक पर्यटकिय हिसावले वृन्दावन गौशलालाई आधुनिक रुपमा विकास गर्दैछौ । हसिना सिमसार र बाघझोडा पोखरीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न हामी ठुलो लागानी भित्राईरहेका छौ । सामुदायीक विध्यालयको स्तरोन्नती गर्ने, गुणात्मक शिक्षालाई जोड दिने, पुर्वाञ्चल विश्वविध्याललयमा मेडिकल कलेजको स्थापाना गर्ने र ४ सय बेडको अस्पताल त्यहि निर्माण गर्ने गरी हामी अगाडि बढेका छौ । यी लगायत अन्य धेरै योजना र कामहरु बाकि छन् गर्न, जुन अबको ५ बर्षमा गर्नेछु ।

अन्त्यमा के भन्नुहुन्छ ?
मानव संसाधन सहित सामाजिक रुपान्तरणका निम्ती, मिश्रित बसोबास भएको नगर भएकाले आस्था र धर्म अनुसार काम गर्नका लागि यो नगरले पुन एक पटक मेरो नेतृत्व खाजेको भान मलाई भएको छ र मलाई आशा छ सबै नगरबासी मतदाताहरुले मलाई रुख चिन्हमा मत दिई विजयी गराउनु हुनेछ । यदि एक दिन मेरो लागि मतदान गरी मलाई जिताउनु भयो भने पुरै पाँच बर्ष एक दिन पनि नछुटाई म तपाईहरुको सेवामा समर्पित हुनेछु ।

Leave A Reply

Your email address will not be published.