दुई पक्षीय भिडन्त रहेको बेलबारीमा महेन्द्र सुवेदीको पल्ला भारी ,
बेलबारी / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लाको बेलबारी नगरपालिकामा नेपाली कांग्रेस मेयर पदकाउम्मेदवार महेन्द्र सुवेदीको चर्चा चुलिदै गएको छ ।
सुवेदीलाई जनता समाजवादी पार्टीको समर्थन पश्चात जित लगभग सुनिश्चित रहेको नेपाली कांग्रेस बेलबारी नगर सभापति छत्र लिम्बुलेबताएका छन ।
बेलबारीमा एक छत्र राज गर्दै आएको नेकपा एमालेको विरासत तोड्ने दाउमा देखिएका छन सुवेदी । नेकपा एमाले तर्फका मेयरकाउम्मेदवार दिल प्रसाद राई (डि.पि) ले भने आफु संग हजारौ विधार्थीको साथ रहेको बताएका छन ।
बेलबारीमा नेपाली कांग्रेसका मेयर उम्मेदवार महेन्द्र सुवेदी र नेकपा एमालेका मेयर उम्मेदवार दिल प्रसाद राई बिच कडा प्रतिस्पर्धा हुनेदेखिन्छ । बिगत ३ दशकदेखि राजनीतिमा सक्रिय सुवेदीको पल्ला भारी रहेको बिभिन्न राजनीतिक दलहरूले बताएका छन ।
मेयर पदमा माओबादी केन्द्रबाट नगेन्द्र खडका,एकिकृत समाजवादी पार्टीबाट भुपाल बस्नेत,राप्रपाबाट खेम गौतम लगायत समेत चुनावीदौडमा रहेका छन ।