जसपाले कांग्रेसका मेयर उम्मेदवारलाई सघाउने ;
अन्य पदमा भने स्वस्थ प्रतिस्पर्धा हुने
बेलबारी/ बेलबारीमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच बेलबारीको मेयरमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । जसपाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनका लागि कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई मेयरमा समर्थन गर्ने आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा संयुक्त पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बेलबारीका नेपाली कांग्रेस नगर सभापति छत्र लिम्बु र जनता समाजवादी नगर अध्क्षय तिलक राईले संयुक्त रुपमा प्रेस बिज्ञप्ति सार्वजनिक गरेका थिए ।
जसपाबाट मेयरमा उम्मेदवार बनेकी मिनु राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जसपाले मेयर पदमा कांग्रेसलाई सघाउने निर्णय गरेको जसपा प्रदेश १ सदस्य केदार धिमालले बताएका छन ।
जसपाले मेयरमा काँग्रेसलाई सहयोग गरे पनि अन्य पदमा भने स्वस्थ प्रतिस्पर्धा गर्ने बताएको छ । वडा तहमा पनि तालमेल मिलाउने प्रयास भैरहेको नेपाली कांग्रेस बेलबारीका नगर सभापति छत्र लिम्बुले जानकारी दिएका छन ।