हिडिरहेको बाटो बदल्न चुनौतीपुर्ण छ तर, जनताको साथले हौसला मिलेको छ: धनपति गौतम
बेलबारी, बैशाख २५। बेलबारी ८ बाट स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्षको उम्मेदवार धनपति गौतम यतिखेर चर्चामा छन्। गौतमको साथमा जनताकोसाथ र मत दुवै रहेका कारण अन्य उम्मेदवारलाई प्रतिस्पर्धामा हम्मे हम्मे पर्ने देखिन्छ । आ–आफ्ना झन्डा फहराउदै हिडेरहेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको हुलमा धनपति गौतम एक्लै मैदानमा छन् । उनको लागि यो अवस्था चुनौतीपुर्ण छ, तरजनताको साथले आफुलाई हौशला मिलिरहेको उनी बताउछन् । गौतम बेलबारी नगरपालिका वडा न. ८ का निवर्तमान अध्यक्ष पनि हुन् ।यो पटक पार्टीले टिकट नदिएपछि गौतमले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।गौतमलाई निर्वाचन आयोगले हाँस मतदानचिन्ह दिएको छ ।बेलबारी ८ का स्वतन्त्र वडा अधक्ष्यका उम्मेदवार धनपति गौतमसंग पहिलोउडान डटकमले गरेको कुराकानी …..
विभिन्न दलहरुबीच स्वतन्त्र उम्मेदवारको रूपमा उभिदा बिजयी प्राप्त गर्न निकै सकस पूर्ण छ नि ?
काम गरेको छु जनताले मूल्यांकन गर्नेछन । चुनौतीको सामना गर्न तयार छु ,किनकि जनता मेरो साथमा छन्
जनताले धनपति गौतमलाई किन मत दिने ?
मेरो बिगत ५ बर्षको कामको मुल्यांकन जनताले गरेका छन् । म जनताको उम्मेदवार हु ,धनपति गौतमको नेतृत्व दोहोरिनुपर्छ भन्ने जनताको माग हो ।
तपाइका योजना प्रतिबद्दता के के छन् ?
बाटो बनाउनु मात्र विकास हैन समाजलाई समृद्ध बनाउन शिक्षा आवश्यक छ मेरो पहिलो प्राथमिकता शिक्षा ,स्वास्थ्य र गरिवि निवारणको क्षेत्रमा हुन्छ ।
गौतम २०७४ को निर्वाचनबाट बेलबारी –८ को निर्वाचित वडा अधक्ष्य हुन् । पार्टीले मुल्यांकन नगरी टिकट वितरण गरेपनि जनतालेआफ्नो कामको मुल्यान्कन गरि आफुलाई साथ दिने बताएका छन् । गौतमसंग जनमत र जनसाथ दुबै रहेको बेलबारी –८ का स्थानीय बताउछन् ।