सुन्दरहरैचामा उम्मेदवारको घर अगाडी संकास्पद वस्तु फेला
प्रहरीले सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ
विराटचौक, २२ बैशाख । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ ।
पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् । आज बिहान झिसमिसेमा भैंसी दुहुन जाने क्रममा परिवारका सदस्यले शंकास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए ।
अहिले इलाका प्रहरी कार्यालय बेलबारीको टोली आएर सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।