नेपाल कम्युनिस्ट पार्टीको महासचिबबाट हटाइए विप्लप
२१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ ।
चितवनको पर्सामा बुधबारदेखी सुरु भएको पार्टीका असन्तुष्ट नेताहरूको रास्ट्रिय भेलाले नेपाल कम्युनिस्ट पार्टीको सम्योजकबाट विप्लपलाई हटाउने निर्णय गरेको हो ।
एता पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा(प्रकाण्ड) लाई पनि हटाइएको छ । त्यस्तै भेलाले पार्टीको सम्योजकको जिम्मेवारी धर्मेन्द्र बास्तोला ( कन्चन) लाई दिएको छ । केही दिन अघि विप्लपले धर्मेन्द्र बास्तोल र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेका थिए ।
कपिलवस्तुमा सम्पन्न गरिएको पार्टीको १२ औ केन्द्रीय समिति बैठकले पार्टीले स्थानीय चुनावमा भाग नलिने जनाएको थियो । सघाउने परिस्थिति आए स्वतन्त्र छबि भएकालाई सघाउने निर्णय बताएको थियो । उक्त निर्णय बिरुद्द महासचिब बिप्लप लगाएतका नेताहरूले केन्द्रीय सदस्यहरुलाई स्वतन्त्र उम्मेदवार उठाएपछि पार्टी भित्र माहोल बिग्रिएको थियो ।