२० आश्विन २०८१, आईतवार

बेलबारीमा बागी उम्मेदवारी दिने २ जना साधारण सदस्य समेत नरहने गरी काङ्ग्रेसबाट निष्कासित ।

138

बेलबारी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा उम्मेदवारी दिने जनालाई नेपाली काँग्रेस बेलबारी नगर समितिले निष्कासन गरेको छ ।
पार्टिका सभापती छत्र लिम्बुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उपमेयर पदमा बागी उम्मेदवारी दिने रुक्मिणी धिमाल र वडा नम्बर ८ को अध्यक्षमा बागी उम्मेदवारी दिने धनपति गौतमलाई पार्टिको साधारण सदस्य समेत नरहने गरी निष्कासन  गरीएको उल्लेख छ ।

नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेकी धिमाल २०७४ को निर्बाचनमा बेलबारी नगरपालिकाको उपमेयरमा उम्मेदवार रहेकी थिईन भने गौतम वडा नम्बर ८ को अध्यक्षमा निर्बाचित भएका थिए ।

 

Leave A Reply

Your email address will not be published.