२५ आश्विन २०८१, शुक्रबार

सुन्दरहरैचामा काङ्ग्रेस र नेकपा एमाले बिच भिडन्त

ढकालको पल्ला भारी

170

बेलबारी / नेपालको उत्कृष्ट १० मेयरमा पर्न सफल सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले पुनः मेयरमा टिकट पाएका छन ।

आन्तरिक बिबादका बिच नेपाली कांग्रेस नगर पार्टी सभापति सिटौलाले मेयरमा आफ्नो नाम एकलौटी र उपमेयरमा कबिता बजगाईंको नाम सिफारीस गरेका थिए। कार्यकर्ताले एकलौटी निर्णयको बिरोध गर्दै ढकाललाई पुन: एक पटक मेयर पदका लागि सिफारिस गरेका थिए । ढकालले सुन्दरहरैचावासीको अथाह साथ र माया पाएकै कारण पुन टिकट पाएका हुन ।

आसन्न वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा नगरपालिकामा एघार जनाले मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन । छ जनाले विभिन्न राजनीतिक दलबाट र अन्य पाँच जनाले स्वतन्त्र उम्मेद्दवारी दिएका छन ।

सुन्दरहरैचा मेयरमा एघार जनाले उम्मेदवारी दर्ता गराए पनि यस पटक सुन्दरहरैचा नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच मुख्य भिडन्त हुने देखिएको छ । नेकपा माओवादी र एकिकृत समाजवादीले मेयर पदमा उम्मेदवारी दिएका छैनन ।

काङ्ग्रेसबाट मेयर पदका लागि शिवप्रसाद ढकाल र एमालेबाट केदार गुरगाई रहेका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत ढकाल र गुरगाई प्रतिस्पर्धामा उत्रिएका थिए । गुरागाईलाई ढकालले मेयरमा पराजित गरेका थिए । यो पटक पनि ढकालको पल्ला भारी रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.