जनप्रतिनिधीप्रति जनताको निराशा, मतदाताको गुनासो नै गुनासो ।
बेलबारी नगरपालिका वार्ड नं ५ निवासी ५५ बर्षिय सुक बहादुर लिम्बु र ५३ बर्षियहोम माया लिम्बु दम्पती हुन् । सुक बहादुरले एक दुर्घटनामा आफ्नो हात गुमाए ।दुख सुख काम गरेर यो दम्पती ले आफ्नो जिविकोपार्जन गरिरहेका छन् । राज्यलेअपाङ्गता भएका नागरिकलाई दिने भत्ताका लागि नगरपालिका र वडा कार्यलयकति पटक धाइन होम माया आफैलाई थाहा छैन । तर सरकारी निकायमापाएको दुख भने अझै छर्लङ्ग छ उनको मानसपटलमा ।
पहिलाको चुनावमा पनि भोट माग्न आए, दुखमा हेर्छौ भने तर एउटा अपाङ्गव्यक्ति लाई अपाङ्गता कार्डसम्म दिन सकेन लिम्बु दम्पती भन्छन् -“ गरिबकोदुख समस्या सुनिएन । आनाकानी गरियो, बहानाबाजि गरियो ।” आखिरजनप्रतिनिधिको के काम?? भोट दिएर जिताउनु किन ?? अनि जनताका घरआगँन चुनाव आउने बेला मात्र किन देख्छन् नेताहरु ?? अब भोट माग्न आउनेनेताहरुलाई यस्तै यस्तै धेरै प्रश्न सोध्नु छ यी दम्पतीले । बेलबारी वाड न ४निवासी डिल्लीराम चालिसेको गुनासो पनि उस्तै छ । २०७४ सालमा आफ्नोअमुल्य भोट दिएर जितेका जनप्रतिनीधिहरु फेरि दोहोराएर उनको घर पुगेकाछैनन्, बरु आफै जनप्रतिनीधिलाई भेट्न कति पटक कार्यालय पुगेका चालिसेभन्छन् -” कार्यालय पुग्दापनि जनप्रतिनीधि भेटिन गाह्रो छ, भेटिहाले पनि राम्रोसङ्ग प्रतिक्रिया दिदैनन् । मुख बटारेर हिड्छन् ।“
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै राजनीतिक दलतयारीमा जुटेका बेला अधिकांश मतदाताको गुनासो यस्तै यस्तै छ । लिम्बु दम्पतीर चालिसे त प्रतिनिधि पात्र मात्र हुन् । त्यसो त उम्मेदवारहरुले उम्मेदवारी दर्तागराएसङ्गै चुनावी माहोल झनै तातेको छ । राजनीतिक दलका नेता तथाकार्यकर्ताहरु, स्वतन्त्र उम्मेदवार र उनका समर्थकहरु पनि जनताका घर घर पुग्नथालेका छन । हुन त यो पटक जनता पनि गुनासोको पोको बोकेर नेताहरुकोप्रतिक्षामा छन् ।