१७ मंसिर २०८१, सोमबार

विराटनगरका मेयर भीम पराजुलीद्धारा राजीनामा

156

विराटनगर,१४ बैशाख / विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले बुधबार पदबाट राजिनामा दिएका छन् । ५ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्नगरी मेयर पराजुलीले राजिनामा दिएका हुन् । आफु पार्टीको केन्द्रीय सदस्य भएकोले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविद्य गतिबिधिमा आफूलाई संलग्न गर्नुपर्ने भएकोले बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहन नैतिकताले नदिने भएकोले नेपालको संविधानको धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

पदमा बसेर पार्टीको निर्वाचन गतिविधिमा होमिदा पदीय दुरुपयोगको आरोप लाग्ने भएकोले राजिनामा दिएको मेयर पराजुलीको भनाई छ । मेयरको टिकटको लागि केन्द्रीय नेताहरुसँग लभिङका लागि काठमाडौं गएता पनि अन्ततः टिकट नपाएपछि मेयर पराजुली बुधबार विराटनगर फर्केका थिए । उनलाई केन्द्रीय नेताहरुले प्रदेशस्तरमा पुर्याउने आश्वासन दिएपछि मेयरको टिकट स्पर्धाबाट पछि हटेका थिए ।

उनी विराटनगर विमानस्थल उत्रे लगत्तै महानगर प्रशासन, कानूनी सल्लाहकारको समन्वयमा राजीनामा पत्र बुझाएका हुन् । मेयरका प्रेस सल्लाहकार कौशल निरौला र स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले पनि बिहीबार राजिनामा दिने बताइएको छ

Leave A Reply

Your email address will not be published.