४ फाल्गुन २०८१, आईतवार

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा आर्थिक चलखेल भएको ; कांग्रेस नेता शेखर कोइरालाको आरोप

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा आर्थिक चलखेल

127

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक चलखेल भएको आरोप लगाएका छन । मापदण्डविपरीत आर्थिक चलखेलमा परी इमानदार कार्यकर्तालाई पाखा लगाउने गरी टिकट वितरण गरेको उनको आरोप छ ।

उनले टिकट वितरणमा भएको अनियमिताको समीक्षा हुने भन्दै अहिले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्न पनि आपिल गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेता कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् । ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन् ‘त्यसको पीडा इमान्दार र निष्ठावान् कार्यकर्ताहरू भोग्दैछन्।’

उनले सिद्धान्त, मूल्यमान्यता र आदर्शप्रति प्रतिबद्ध नेता–कार्यकर्ता पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो , निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने उनले उल्लेख गरेका छन् । बेलबारीमा समेत टिकट वितरण न्यायपूर्ण नभएको भन्दै कांग्रेस नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।

कोइरालाले कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto