नेपाली कांग्रेस बेलबारीमा मेयर तथा उपमेयरको टिकट बितरणमा मानोमानी
कांग्रेसले मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा कोईरालालाई टिकट दिएको छ ।
नेपाली कांग्रेस बेलबारीमा मेयर तथा उपमेयरको टिकट बितरणमा मानोमानी गरिएको छ ।
कांग्रेस बेलबारीले भुगोलको आधारमा टिकट दिने प्रतिवदता व्यक्त गर्दै आएपनि अन्तिम समयमा आफैले गरेको प्रतिवद्दता बिपरित गई उम्मेदवारि चयनमा मनोमानी गरेको छ ।
सोमबार बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी बेलबारीमा कांग्रेसले मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा कोईरालालाई टिकट दिएको छ ।
पार्टीले गरेको यस निर्णय प्रति असन्तुस्टि जनाऊदै उपमेयरका आकांक्षी रीता कोईराला र रुक्मणि धिमाल लगायतका अन्य नेता तथा कार्यकर्ताले ध्यानआकर्षण पत्र बुजाएका छन l
बेलबारी नगरसभापति छत्र लिम्बु र नगर सचिब जनक पोख्रेलले ध्यानआकर्षण पत्र बुजेक़ा छन l सभापति लिम्बूले कनै प्रतिक्रिया नदिएपनि सचिब पोखरेलले भने जिल्ला सम्म यस विषयमा छलफल गर्ने बताएका छन l
बेलबारी नगर कार्यसमिति र जिल्ला कार्यसमिति मोरंगको चरम लापरवाही गरेको भन्दै बेलबारी कांग्रेस नेता तथा कार्यकर्ताले खुलेर बिरोध जनाएका छन l