४ फाल्गुन २०८१, आईतवार

बेलबारी एमाले मेयरमा डि.पी राई र उपमेयरमा तिल कुमारी न्यौपानेको टुङ्गो

139

बेलबारी नगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेदवारमा डि.पी राईको टुङ्गो लगाएको छ भने उपमेयरमा तिल कुमारी न्यौपाने (गौतम) को टुङ्गो लागेको हो ।
नेकपा एमाले जिल्ला कमिटी मोरङको अनुसार बेलबारी नगरपालिका कमिटीले मेयरमा ७ जना र उपमेयरमा ६ जनाको नाम सिफारिस गरेको थियो ।

सर्वसम्मत नभएपछि मेयरमा बेलबारी कमिटीले नेकपा एमाले जिल्ला कमिटी मोरङलाई डि.पी राई, ज्ञानेन्द्र सुवेदी, राजकुमार बस्नेत, प्रताप थापा, प्रकाश राई, ईरान राई र रविन थापाको नाम सिफारिस गरेको थियो । जसमध्य डि.पी राईलाई पार्टीले टिकट प्रदान गरेको छ ।

उपमेयरको लागि पनि तिलकुमारी न्यौपाने, गङ्गा
श्रेष्ठ, सिता तामाङ, गीता सिवा, अरकुमारी घिमिरे र उषा राईको नाम सिफारिसमा परेको थियो । उक्त ६ जना मध्य तिलकुमारी न्यौपानेले टिकट पाएकी छिन।

यस अघिको स्थानीय निर्वाचनमा पनि डि.पी राईको नाम मेयरको लागि चर्चामा रहेपनि टिकट भने ज्ञानेन्द्र सुवेदीले पाएका थिए । निकै लामो समयको छलफल पश्चात् एमालेले बेलबारी नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको हो ।

यता, बेलबारीमा मओवादी केन्द्र र काँग्रेसको प्रमुख र उपप्रमुखमा भने वार्ता हुन नसक्दा एक्लै चुनवा लड्ने तयारी भैरहेको विशेष श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto