१७ जेष्ठ २०८३, आईतवार

अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम

16

जेन–जी युवाहरूको एक समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ।

उनीहरूले सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा करिब पाँच घन्टा छलफल गरेर कार्कीको नाममा सहमति गरेका हुन्।जेन–जीका यस्तै समूह अरू पनि छन्। उनीहरू पनि छुट्टाछुट्टै रूपमा छलफलमा जुटेका छन्।

युट्युबमा पनि हेर्न सकिने लाइभ छलफल भने अहिले पनि जारी छ। छलफलमा करिब १० हजार जना सहभागी छन्। त्यही छलफलबाट सहमति भएको सुशीला कार्कीको नाम लिएर जेन–जी युवाहरूको एक टोली सेनासँग वार्तामा गइसकेको उनीहरूले बताएका छन्।छलफलमा कुलमान घिसिङ, बालेन शाह लगायतको नाम पनि उठेको थियो।

अहिलेको संवेदनशील समयमा बन्ने सरकारको अभिभावक कानुन र विधिको रक्षा गर्नसक्ने इमानदार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले गहन विमर्शपछि कार्कीको नाम प्रस्ताव गरिएको छलफलमा सहभागी एक युवाले बताए। यसबारे कार्कीसँग पनि कुराकानी भइसकेको उनको भनाइ छ।

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि जेन–जी आन्दोलन क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी प्रस्ताव अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन–जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौं,’ उनले भनिन्।रक्षा बमको यो प्रतिक्रिया जेन–जीहरूको लाइभ छलफलमा पनि उठेको थियो। उनीहरूले दुर्गा प्रसाईं र रास्वपासँग वार्ता गर्ने कुरा अस्वीकार गरेका छन्।

Leave A Reply

Your email address will not be published.