राज्यका तीनै अंग नियन्त्रणमा
२४ भदौ, काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।
तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।
