१२ जेष्ठ २०८३, मंगलवार

२५ वटा सामाजिक सञ्जाल–प्लेटफर्म बन्द गर्ने निर्णय

19

काठमाडौं : सरकारले फेसबुक, युट्युबलगायतका २५ वटा सामाजिक सञ्जाल–प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ। सूचीकरणका लागि गरिएका पटक–पटकका आग्रह बेवास्ता गरेको भन्दै सञ्चार मन्त्रालयले बिहीबार त्यस्ता सामाजिक सञ्जाल–प्लेटफर्म निश्क्रिय गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

मन्त्रालयको निर्देशन लगत्तै प्राधिकरणले मोबाइल तथा इन्टरनेट प्रदायक कम्पनीलाई सामाजिक सञ्जाल–प्लेटफर्म निष्क्रिय गर्न परिपत्र गरेको छ। एनसेलले आफ्नो इन्टरनेट सेवामा २५ वटै सामाजिक सञ्जाल–प्लेटफर्म निष्क्रिय गरिसकेको विज्ञप्तिमार्फत जनाएको छ। यद्यपि, दर्ता भएका र दर्ताको प्रक्रियामा रहेका सामाजिक सञ्जाल–प्लेटफर्म भने निर्धक्क सञ्चालन हुनेछन्। भाइवर, टिकटक, सारांश मिडिया ल्याब प्रालि (वीटक), निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन्। सञ्चार मन्त्रालयका अनुसार टेलिग्राम, ग्लोबल डायरी र हाम्रो पात्रो दर्ताको प्रक्रियामा छन्।
 सरकारले दिएको समय बुधबारसम्मको थियो। ‘अन्तिम पटक’ को आग्रह पनि बेवास्ता गरेको भन्दै सञ्चार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय निर्णयले सूचीकरण नभएका फेसबुक, एक्स, ह्वाटसएपसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सूचीकरणका लागि अन्तिम समयवधि तोकेर आह्वान गर्दा पनि दर्ताका लागि नआएपछि बन्द गर्नु अवस्थामामा पुगेको
बताएका छन् ।
Leave A Reply

Your email address will not be published.