बागमतीका मुख्यमन्त्री बानियाँकाे पहिलाे ‘क्याबिनेट’

मकवानपुर ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नवगठित सरकारको मंगलबार बसेको पहिलो मन्त्रिपरिषद्(क्याबिनेट) बैठकले खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।ठकले प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको छ । प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए ।
बैठकले प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण वासस्थान गुमेकाहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय समेत भएको मन्त्री तामाङले बताए ।
विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरूको सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले प्रदेशसभाबाट पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ । प्रदेशभित्र रहेको अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित वासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङको भनाई छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा समेत गरेको उनले बताए ।
आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।