१२ जेष्ठ २०८३, मंगलवार

ट्राफिक प्रहरीको आग्रह उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न

8

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै हर्नको अत्यधिक प्रयोगले जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै सवारी चालकहरूलाई सचेत गराएको हो।

सूचनामा भनिएको छ, ’विगत केही समयदेखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण बढेको जनगुनासो प्राप्त भएको छ। लाखौं सवारी साधन सञ्चालन हुने उपत्यकामा हर्न प्रयोग गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पर्न गएको छ।’कार्यालयले अत्यावश्यक र विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न र अन्यथा हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ३ बमोजिम कारबाही गरिने पनि जनाएको छ।

Leave A Reply

Your email address will not be published.