७ बैशाख २०८३, सोमबार

बजेट भाषणकै दिन बजेट च्यात्ने

17


नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद केसीले बालाजु-रानीपौवा-त्रिशुली सडक स्तरोन्नत्तिका लागि यसपटक पनि बजेट विनियोजन नभए बजेट च्यात्ने चेतावनी दिएका हुन् ।

२०७१ सालमा ठेक्का सम्झौता भएको उक्त सडक अहिलेसम्म पनि स्तरोन्नत्ति नभएको र पछिल्लो दुई आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन नभएको सांसद केसीले बताए ।

‘मर्मत सम्भारको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ । बाटो असरल्ल छ,’ उनले भने, ‘मेरो मर्यादा र संस्कारले दिँदैन। तर यसपटक पनि त्यो बाटोलाई बजेट परेन मैले बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नुको विकल्प छैन ।’

नुवाकोटको मुख्य राजमार्ग रहेको बालाजु-त्रिशुली सडक एक दकशभन्दा बढी समयदेखि ठप्प छ ।

Leave A Reply

Your email address will not be published.