१२ जेष्ठ २०८३, मंगलवार

श्रीपञ्चमी : बालबालिकाको शिक्षारम्भ

23


प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। वसन्त पञ्चमी पनि भनिने सरस्वती पूजाका दिनबाट घरदेखि विद्यालयसम्म बालबालिकालाई जीवन खुड्किलो चढाउने शिक्षाको आरम्भ गराइँदैछ। वसन्त ऋतु आफैँमा सुरम्य मौसम भएकाले यसको शुभारम्भकै दिन शिक्षा प्राप्तिको सुरुवात गरिने वैदिक परम्परालाई धर्मनिरपेक्ष मुलुकका सबै किसिमका विद्यालयहरू धुमधामसँग मनाइरहेका छन्।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

 

Leave A Reply

Your email address will not be published.