४ बैशाख २०८३, शुक्रबार

कुलिङ पिरियड’ काण्डपछि पहिलोपटक बस्दै प्रतिनिधिसभाको बैठक,

19

 

आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो ।

यसअघि १५ असारमा बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयक २०८२ पारित गरेको थियो । उक्त विधेयकमा मुख्य र निकै चर्चा भएको कुलिङ अफ पिरियडमै छलछाम भएको थियो । विधेयकमा सांसदहरूलाई नै गुमराहमा पारेर विधेयक पारित गरेपछि व्यापक आलोचना भएको थियो । त्यसपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ ।
Leave A Reply

Your email address will not be published.