३ बैशाख २०८३, बिहीबार

पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच बैठक

15

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.