१७ जेष्ठ २०८३, आईतवार

न्यूरोडबाट २ करोड मूल्य बराबरको हिरा र सुनका गहना बरामद

15


काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट २ करोड भन्दा बढी मूल्य बराबरको हिरा, चाँदी र सुनका गहना बरामद गरेको छ ।

अवैध तरिकाले कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनका अनुसार सामानको मूल्य करिब २ करोड १ लाख हुन आउँछ । पक्राउ पर्नेमा सुर्यजित दास, समिम सेख, हविवुल सेख र तमल सान्द्रा छन् । उनीहरु चारैजना भारतीय नागरिक हुन् ।

जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले मङ्गलबार राति सो सामान बरामद गरेको हो । हिरा, सुन र चाँदीको अवैध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । कारोबारीहरूले बिल, बिजक देखाउन नसकेको एसपी बोहराले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.