लिभरपुल कार आक्रमण

काठमाडौं । लिभरपुलमा लागूपदार्थ सेवन गरी मानिसहरुको भीडमा अन्धाधुन्ध कार चलाएर हत्या प्रयास गरेको भन्दै एक ५३ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
त्यसरी गराइएको दुर्घटनामा ५० जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको हत्या प्रयासको आरोपमा एक जना पक्राउ परेको लिभरपुलको प्रहरीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार लिभरपुलको वेस्ट डर्बीका ५३ वर्षीय व्यक्तिलाई लागूपदार्थ सेवन गरी अर्धचेत अवस्थामा गाडी चलाएको र गम्भीर ड्राइभिङ अपराध गरेको आशंकामा पक्राउ गरिउको हो ।
मर्सीसाइड प्रहरीले ११ जना अझै अस्पतालमा रहेको र सबैको अवस्था स्थिर रहेको बताएको छ । उसका अनुसार घटनामा ५० जना भन्दा बढी घाइते भएका थिए । सडकको अवरोध हडेपछि संदिग्ध चालकलाई पछ्याउन सहज भएको अधिकारीहरुले बताएका छन्