११ माघ २०८१, शुक्रबार

पुस १७ देखि सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा रोक

6

हेलिकोप्टर उडानले अत्यधिक ध्वनि प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै आउँदो पुस १७ देखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्ण रूपमा रोक लगाइएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेले बुधबार निर्णय गर्दै नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई पुस १९ (१ जनवरी २०२५) देखि त्यस क्षेत्रमा पर्यटक बोकेर व्यावसायिक चार्टर उडान नगर्न निर्देशन दिएको हो । हिमाल आरोहण सिजनमा पनि अब हेलिकोप्टरमा आरोहण दलका बन्दोबस्तीका सामान लैजान पाइनेछैन ।

खुम्बु क्षेत्रको निश्चित ठाउँसम्म हेलिकोप्टरले पुर्‍याउने सरसामान भरिया वा चौंरीबाट ओसार्नुपर्नेछ । अब हेलिकोप्टरमा सगरमाथा क्षेत्रको दुईतर्फी वा एकतर्फी सयर गर्न रुचाउने धनी पर्यटकले हिँडेरै सगरमाथा आधारशिविरको पदयात्रा गर्नुपर्नेछ ।

अनियन्त्रित हेलिकोप्टर उडान तथा अवतरणकै कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा थप चुनौती थपिएको हेली कम्पनीलाई पठाइएको पत्रमा लेखिएको छ ।

 

Leave A Reply

Your email address will not be published.