पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।
आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।