नाउपामा मिलन : रेशमको नेतृत्व, रञ्जिताको हस्ताक्षर
८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको छ ।
संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएको थियो ।
नेताहरुका अनुसार सोमबार ७ असोजमा दुवै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं’, भन्ने सन्देश सहित रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।