बुन्डेसलिगामा बायर्नको गोलको वर्षाl

जर्मन बुन्डेसलिगामा बायर्नले गोलको वर्षा गरेको छ । गए राति भएको खेलमा बायर्नले होल्स्टेन केइललाई ६-१ गोलले स्तब्ध पारेको हो ।
बायर्नका जमाल मुसिलाले पहिलो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ह्यारी केनले ७औँ मिनेटमा गोल गरे । खेलको १३औँ मिनेटमा बायर्नले आत्मघाती गोल उपहार पाएको थियो ।
केनले नै ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । भने मिचेल ओलिजले ६५औँ मिनेटमा गोल गर्दै टिमलाई ५-० को स्थितिमा पुर्याए । उता अर्मिन जिगोभिकले ८२औँ मिनेटमा बायर्नविरुद्ध सान्त्वना गोल गरे । खेलको इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै केनले बायर्नका लागि ह्याट्रिक गरे । यससँगै बायर्न ६-१ ले विजयी भयो ।