४ फाल्गुन २०८१, आईतवार

सभापति देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताए ।

4


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको दाबी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले अरू दलहरूलाई सिध्याउने भन्ने नीति नभएको बताए ।

 

सभापति देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताए । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन ।’

उनले पार्टीमा अब नयाँ पुस्ताले नेतृत्व लिन तयार हुनुपर्ने बताए । ‘भोलिका दिनहरु चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेका छन् ।दुवैलाई मिलाएर अघि बढ्न म आग्रह गर्दछु । मेरो त एज पनि भयो । अब तपाईहरू नै अघि बढ्ने हो,’ उनले भने।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto