२५ आश्विन २०८१, शुक्रबार

भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य : रास्वपा

प्रमुख सचेतक सन्तोष परियार भन्छन्, ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, यो कदाचित स्वीकार्य छैन ।

34

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।

प्रमुख सचेतक सन्तोष परियार भन्छन्, ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, यो कदाचित स्वीकार्य छैन ।’

भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने उसले बताएको छ ।

Leave A Reply

Your email address will not be published.