दक्षिण कोरियामा दुखद घटना, हेलोवीन उत्सवमा सयौको निधन
सियोल । कोभिड प्रतिबन्धको अन्त्य पछि दक्षिण कोरियाको पहिलो ठूलो हेलोवीन उत्सव शनिबार राती त्रासदीमा परिणत भयो, जब लगभग डेढ सय मानिस मरे ।
घटना के कारणले भयो भन्ने बारे अझै अनुसन्धान भैरहेको छ, तर बढि भिड र भागदौडको कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आइतवार बिहानै आपतकालीन बैठक बोलाए र पछि राष्ट्रलाई सम्बोधन गर्दै “दुर्घटनाको व्यवस्थापन नहुँदासम्म राष्ट्रिय शोकको अवधि” बोलाउन घोषणा गरेका छन्।