४ फाल्गुन २०८१, आईतवार

११ वर्षपछि गोलकिपर क्यास्परले छाडे लेस्टर सिटी

59

साउन, काठमाडौं । लेस्टर सिटीका कप्तान तथा गोलकिपर क्यास्पर स्माइकलले ११ वर्षपछि क्लब छाडेका छन् । ३५ वर्षीय डेनिस गोलकिपर क्यास्परले लेस्टरसँग ११ वर्षको सम्बन्ध टुङ्गाउँदै फ्रेन्च क्लब नाइसमा अनुबन्ध भएका छन् । उनले नाइससँग तीन वर्षको सम्झौता गरेका छन् ।

सन् २०११ मा लिड्स युनाइटेडबाट लेस्टर सिटी पुगेका क्यास्परले किंग पावर स्टेडियममा उत्कृष्ट समय बिताए । क्लबका लागि सर्वाधिक खेल खेल्नेमा तेस्रो स्थानमा रहेका क्यासपरले लेस्टरका लागि ४७९ खेल खेलेका छन् । जसमा उनले १४४ खेलमा क्लिनसिट राखेका छन् । यसक्रममा उनले लेस्टरबाट सन् २०१५/१६ मा प्रिमियर लिग उपाधि जितेका थिए ।

पछिल्लो एक दशक लेस्टरको सफलतामा क्यास्पर महत्वपूर्ण सदस्य बन्दै आएका थिए । उनले २०२०/२१ मा एफए कप र २०२१ मा कम्युनिटी शिल्डको उपाधि समेत जिते ।

सन् २०१३/१४ मा दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिप जित्दै लेस्टर प्रिमियर लिगमा बढुवा भएको थियो । युरो २०२० मा डेनमार सेमिफाइनलमा पुग्दा क्यास्परले उत्कृष्ट प्रदर्शन गरेका थिए । फ्रेन्च क्लब नाइसमा अनुबन्ध भएपछि उनले खुशी व्यक्त गरेका छन् । उनले डेनमार्कका लागि ८४ क्याप जितेका छन् ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto