खिजीदेम्बा गाउँपालिकामा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने
जेठ, १८ ओखलढुङ्गा।ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले मातृभाषालाइ सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएको बताए ।
वडाहरुमा सुनुवार, तामाङ र शेर्पा भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग अनिवार्य गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले बताए ।शेर्पा जनता समाजवादी पार्टीबाट निर्वाचित अध्यक्ष हुन् ।