चुनाव हारेपनि जनताको सेवामा सधै तयार छु- खिनामाया थापा
जेठ १८, बेलबारी। मोरङको बेलबारी नगरपालिका वडा नं २ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी बेलबारी नगरपालिकाकी पूर्व नगरकार्यपालिका सदस्यसमेत रहेकी खीनामाया थापाले वडा अध्यक्ष कृष्णबहादुर गुरुङलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेकि हुन् ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा सोही वडामा अध्यक्षको उमेद्वारसमेत रहेकी थापको सक्रियतामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएका १५थान अक्सिजन सिलिण्डर, थर्मोगन, ग्लोभ लगायतका सामग्री आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो।
उपलव्ध सामग्रीले वडाका जनतालाई सेवा पुग्ने आसा गर्दै निर्वाचनमा आफू पराजित भए पनि वडावासीको सेवामा सधै लागिरहने थापाबताउछिन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले सामग्रीको उचित व्यवस्थापन गरिने प्रतिवद्धता जनाउँदै वडाका लागि स्वास्थ्यसामग्री ल्याउन पहल गरेकोमा धन्यवाद समेत दिए ।