२५ आश्विन २०८१, शुक्रबार

१३औं सागमा भारात्तोलनतर्फ स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला ।

62

बैशाख २७, काठमाडौं ।भारात्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारात्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारात्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने ।

अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.