४ फाल्गुन २०८१, आईतवार

खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

57

विराटनगर, २२ बैशाख । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य–सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादेशको रिटमा अदालतले त्यस्तो आदेश दिन इन्कार गरेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीश दिनेश यादव र जगतनारायण प्रधानको आज बसेको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको प्रदेश नं. १ सरकारका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ । प्रदेश नंं १ सरकारको गत चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्य सचिवबाट हटाउने निर्णय गरेको थियो ।
उक्त निर्णय खारेजीको माग गर्दै पूर्व सदस्य सचिव बस्नेतले बैशाख १४ गते अन्तरिम आदेश मागसहित उत्प्रेषण परमादेशको रिट दायर गरेकोमा उच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । उक्त मुद्दामा निवेदक कृष्ण भनिने पर्शुराम बस्नेतको पक्षबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला, अधिवक्ताहरू शान्तिराम भण्डारी, नारायण वस्ती, राम भण्डारी र डिल्लीराम घिमिरेले बहस गर्नुभएको थियो । त्यस्तै, सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठ, डा. मेदनीप्रसाद सेढाईं, शिव आचार्य र कुमार भट्टराईले मुद्दाको प्रतिरक्षा बहस गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto