२५ आश्विन २०८१, शुक्रबार

सुन्दरहरैंचामा १२ जना उम्मेद्वारले लिए उम्मेदवारी फिर्ता

148

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएकामध्ये लिएका छन् ।

वडा नम्बर १, ५, ६, ८, ९, १० र ११ मा विभिन्न पदमा उम्मेद्वारी दिएकाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार ६ जना वडाध्यक्षले उम्मेद्वारी फिर्ता लिएका छन् ।

कार्यालयका अनुसार वडा नम्बर १ को वडाध्यक्षमा उम्मेद्वारी दिएका रेवतीकुमार तिम्सिना र विन्देश्वर साहले उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु दुवै स्वतन्त्र उम्मेद्वार हुन् ।

वडा नम्बर ८ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका जनक खत्री र वडा नम्बर ९ बाट नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दिएका महेन्द्रकुमार राईले उम्मेद्वारी फिर्ता लिएका छन् ।

त्यस्तै, वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वारी दिएका वडाध्यक्ष पदका उम्मेद्वार जीतबहादुर थापा र वडा नम्बर ११ को अध्यक्षमा उम्मेद्वारी दिएका राजेन्द्र रायले उम्मेद्वारी फिर्ता लिएका हुन् । रायले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका थिए ।

खुला सदस्यमा ३ जना र महिला सदस्यमा उम्मेद्वारी दिएका ३ जनाले पनि नाम फिर्ता लिएका छन् । वडा नम्बर १ को महिला सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएकी आशा चौधरी, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी सबिना थापामगर र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी सतनवती धामी थारुले उम्मेद्वारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुला सदस्यमा उम्मेद्वारी दिएकामध्ये वडा नम्बर ५ बाट ललितबहादुर बिष्टले उम्मेद्वारी फिर्ता लिएका हुन् । उनले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वारी दिएका थिए । त्यस्तै, वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट खुला सदस्यमा उम्मेद्वारी दिएका भिन्द्रबहादुर बस्नेत र टीकाराम तामाङले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

Leave A Reply

Your email address will not be published.