७ जेष्ठ २०८३, बिहीबार

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

40

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई मंगलबार आठौंपटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ, भने आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं थुनामै छन् ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.