७ बैशाख २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

17


काठमाडौं :
सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, सरकारका कामको समीक्षा, विचाराधीन विधेयक, संसद्‍मा कांग्रेसको रणनीति, आगामी बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

बैठकमा संसदीय दलका नेता देउवाले सांसदहरुलाई निर्देशन दिनेछन्।

Leave A Reply

Your email address will not be published.