१७ जेष्ठ २०८३, आईतवार

६ अर्ब बराबरको अलैँची निर्यात

20

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यातबाट ६ अर्ब बराबर रकम भित्रिएको छ ।

यो  अवधिमा ६ अर्ब २६ करोड ९  लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा ६ अर्ब २५ करोड १२  लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै ८५ लाख २१ हजार रुपैयाँको ६ हजार किलो युएईमा, ७ लाख २० हजार रुपैयाँको २४० किलो फ्रान्सतर्फ निर्यात भएको छ ।

यसैगरी ३ लाख ८४ हजार रुपैयाँको २४० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको विभागले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.