१२ जेष्ठ २०८३, मंगलवार

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

15


मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी  भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.